Logo

यी हुन हटाउने तयारीका मन्त्री, आज नेकपाको सचिवालयमा छलफल



काठमाडौं २५ कार्तिक । मन्त्रिमंडल फेरवदल गर्ने विषयमा सघन छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा आइतबार छलफल भयो । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो। आइतबारको छलफलका आधामा आज सोमबार नेकपाको सचिवालयमा बैठक बस्दैछ ।

केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको छ । पूर्व नेकपा र पूर्व माओवादीबाट नाम तयार गरिदैछ । पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मातृका यादवलाई हटाउन तयारी छ । पूर्व एमालेबाट महिला बालबालिकामन्त्री थममाया थापालाई हटाउने तयारी भएको छ । अरु नाममा विषयमा छलफल चलिरहेको छ । मन्त्री कायम रहेपनि केहीको मन्त्रालय हेरफेर हुनेछ ।

सञ्चारमन्त्री गोकूल बास्कोटालाई हटाउने या मन्त्रालय फर्नेमा टुङगो लागेको छैन । अध्यक्ष ‘प्रचण्ड’ नेता सुवास नेम्वाङसहितका नेताको मत बास्कोटालाई हटाउनेपर्नेमा देखिएको छ । तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत छन्। प्रभु शाहलाई पनि मन्त्री बनाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्