Logo

उपनिर्वाचन अघि नै मन्त्रिपरिषद् पुनर्गठन, मंसिर १ मा सचिवालयका सबै सदस्यको राजीनामा



काठमाडौं २५ कार्तिक । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्य अघि बढाएका छन् ।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको चाहानाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागुहुने गरी राजीनामा दिने तय भइसकेको छ ।

‘मंसिर १४ को उपनिर्वाचनअघि नै मन्त्रिपरिषद पुनगर्ठन गर्ने प्रधानमन्त्रीको तयारी छ’, स्रोतले भन्यो, ‘संभवतः उपचुनावअघि नै मन्त्रिपरिषद पुनगर्ठन गर्नुहुन्छ । केहीबाहेक अधिकांश मन्त्रीको कार्य सम्पादन औसतभन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पुरै फेरबदल गर्न खोज्नु भएको हो ।’ -कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्