Logo

‘जुवाडे’ अस्पतालमा: कारवाही अघि बढाउन समस्या



काठमाडौं २५ कार्तिक । जुवा खेलेको आरोपमा महाराजगन्जस्थित एक घरबाट समातिएका ‘जुवाडे’ मा स्वास्थ्य समस्या देखिएपछि उनीहरुको कारवाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ ।

तिहारको बेला महानगरीय प्रहरी बृत्त महाराजगन्जको टोलीले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो ।

उनीहरु विरामी परेपछि प्रहरीले अस्पताल लैजाने र ल्याउने गरेको छ । कोही विरामीको अवस्था गम्भीर देखिएकाले अस्पताल भर्ना गरिएको छ ।

अस्पताल भर्ना भएकाले कारवाही छल्न खोजेको चर्चा चलेपछि प्रहरीले त्यसतर्फ चासो दिएको छ । उनीहरुमाथि अनुसन्धानका लागि बृत्तले आइतबारै जिल्ला अदालत काठमाडौंबाट थप दुई दिनको म्याद पाएको छ ।

दशैं तिहारका बेला प्रहरीले जुवा खेलिरहेका ६ सय जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट ३ करोड ३० लाख १२ हजार रुपैंयाँ बरामद भएको प्रहरीले जनाएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्