Logo

गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै



काठमाडौं, कात्तिक २५ । डडेलधुरामा ७ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ ।
उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको बताए । कँडेलका अनुसार डा। केसी डडेलधुरा छाडेर अन्यत्र नजाने अड्डी लिएर बसेका छन् ।
केसीको समर्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार पनि प्रदर्शन गरेका छन् । डडेलधुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारको ध्यानाकर्षण गराउन दिउँसै राँके जुलुस निकालिएको थियो । ‘
आजको कान्तिपुर राष्ट्रिय दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्