Logo

कालापानी सीमा विवादः नक्सा सच्याउन पहल सुरु



काठमाडौं, कार्तिक २५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भूभाग सामेलगरि भारतले हालै जारी गरेको नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल सुरु भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु आबद्व बिद्यार्थीले नक्सा सच्चायर नेपालको भुभाग फिर्ता लिन माग गर्दे आइतबार बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा उनले भारतको त्यो कदमविरुद्व नेपालका सबै दल र पक्ष एकमत भएको जानकारी गराएका थिए ।

उनले हाम्रो जमिन हो भन्नेमा दुईमत नभएको धारणा व्यक्त गरको छन् । विद्यार्थीहरुलाई आश्वस्त पार्दे उनले भ्रममा नरहन र सुगौंली सन्धिपछि बनेको नक्सामा कुनै तलमाथी गर्न नपाईने धारणा राखे ।

नेपालमा आफ्नो भुमिको फिर्ता ल्याउन राष्ट्रिय सहमती जुटेकाले तथ्य प्रमाणसहित भारतसंग वार्ता गर्ने तयारीमा नेपाल रहेको जानकारी मन्त्री ज्ञवालीले गराए ।

नेपालको सिमानामा लिम्पयाधुराको कटियाङदी अर्थात हालको महाकी नदि हो भन्ने प्रस्ट्याउँदै उनले विगतमा जुनसुकै बहानामा सरकार चुप बुे पनि अब भने भूमि फिर्ता ल्याउन र सीमा विवाद संधैका लागि अन्तगर्न कुटनीतिक पहल भएकोबारे जानकारी गराएको आजको गोरखापत्र दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्