Logo

तेन्दुलकरको किर्तिमान तोड्दै सफाली बनिन् कम उमेरमा अर्धशतक बनाउने खेलाडी



भारतका लागि १५ वर्षमै अर्ध शतक बनाउँदै सफाली बर्माले सचिन तेन्दुलकरको किर्तिमान तोडेकी छिन् । १५ वर्षकी सफालीले शनिबार वेष्ट इन्डिजविरुद्धको खेलमा ४९ बलमा ७३ रन बनाएर किर्तिमान बनाएकी हुन् ।

टी ट्वेन्टी सिरिज क्रिकेटमा आइतबार ३५ बलमा ३९ रन बनाइन् । योसँगै उनले तेन्दुलकरले ३० वर्ष अघि बनाएको किर्तिमान भंग गरिन् ।  भारतका लागि कम उमेरमा अर्धशतक बनाउनेमा नाम राखिन् । पाकिस्तानविरुद्ध सन् १९८९ मा अर्धशतक बनाउँदा तेन्दुलकर १६ वर्ष २१४ दिनका थिए । वेष्ट इन्डिजविरुद्ध अर्धशतक बनाउँदा बर्मा १५ वर्ष २८५ दिनकी छिन् । एजेन्सी Photo Source: women’s criczone



प्रतिक्रिया दिनुहोस्