Logo

सीमा मेचिएको भन्दै राष्ट्रबादी केन्द्र नेपालको विरोध प्रर्दशन



काठमाडौं, २५ कार्तिक । राष्टबादी केन्द्र नेपालले राजधानीको माइतीघर मण्डलामा कालापानी सीमा मेचिएको भन्दै विरोध प्रर्दशन गरेको छ । भारतीय पक्षले नेपालको सार्बभौम भुभाग लिपुलेक, कालापानीदेखी लिम्पियाधुरासम्मको तीन सय ७२ किलोमिटर भू–भाग दादागिरी शैलीमा आफ्नो नक्सामा गाभेको विरोधमा संगठनले बिरोध प्रर्दशन गरेको हो ।

संगठनका प्रचारप्रसार प्रमुख उज्जल धमलाकाअनुसार ¥यालीसहितको विरोध प्रर्दशन कोण सभामा परिणत भएको थियो । उक्त विरोध सचामा राष्ट्रबादी केन्द्र नेपालका केन्द्रिय नेतृत्वहरु निरज कुमार पुन, बिन्दु केसी र ताराप्रसाद अर्यालले अन्तिम पटक राष्ट्रिय स्वाधिनताको लँडाई लड्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

सभामा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ, नेपाल सरकारका पूर्व सचिव तथा जलस्रोतविद् डा. द्ववारिकानाथ ढुङ्गेले अहिलेसम्मको सरकारले आफ्नो भूमी संरक्षण गर्न नसकेकोबारे प्रष्ट पार्दै सुगौली सन्धिलाई प्रमाण बनाएर आफ्नो भूमीको रक्षामा सबै नेपाली एक हुनुपर्ने धारणा राखेका छन् ।

सभाका सहभागीहरुले ‘लिपुलेकदेखी लिम्पियाधुरासम्मको भू–भाग हाम्रो हो’,  ‘भारतीय विस्तारवाद मुर्दावाद, भारतीय विस्तारवाद कालापानी छोड’ जस्ता नाराहरु लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्