Logo

कस्तो हो जराजको आजको एक दिने महासेल योजना



काठमाडौं,, कार्तिक २५ । अनलाइन सपिङ साइट दराजले यही कात्तिक २५ गते अर्थात् नोभेम्बर ११ मध्यरातबाट महासेल आयोजना गर्ने भएको छ । सेल डे ११/११ का रूपमा दराज अनलाइबाट सामान किन्दा भारी छुटको व्यवस्था हुने जनाइएको छ । यसप्रति उपभोक्ताको निकै उत्साहजनक प्रतिक्रिया मिलेको दराजले जनाएको छ ।

यस दिन ३ हजारभन्दा बढी बिक्रेतासँग मिलेर ३ लाखभन्दा बढी सामानमा आकर्षक छुटलगायत अफर हुने दराजले जनाएको छ । विभिन्न ६ बैंकसँग सहकार्यमा डेबिट र क्रेडिटकार्ड प्रयोग गरेमा ग्राहकले थप २० प्रतिशत छुट पाउनेछन् । यस महासेलमा उपभोक्ताले टप ब्रान्डमा भारी छुट पाउने अपेक्षा गर्न सक्ने दराजले जनाएको छ ।

रेड्मी नोट ७ प्रो, हुवाई पी ३०, र वान प्लस ७ मा ठूलो छुट हुनेछन् भने आइफोन ११ प्रिअर्डर र वान प्लस ७ टी प्रोको पनि लन्च हुनेछ । साथै, सामसुङ, विडियोकोन, होम्ग्लोरीजस्ता ठूला ब्रान्डले फ्रिज, एसी, टिभी,वासिङ मसिन, रुम ग्यास हिटर आदि सामानमा ठूलो छुट दिनेछन् ।



प्रतिक्रिया दिनुहोस्