Logo

भन्सार बढेसँगै सुनको मूल्यवृद्धि



काठमाडौं, कात्तिक २५ । पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुनः उकालो लागेको छ । सरकारले सुनचाँदीमा भन्सार दर बढाएसँगै बजारमा सुनको मूल्य बढ्न गएको हो । नेपालबाट सुनचाँदी भारतमा गएको आशंकामा सरकारले भन्सारदर वृद्धि गरेको थियो । अर्थ मन्त्रालयका अनुसार सुनमा प्रति दशग्राम ५ हजार रुपैयाँबाट बढाएर ६ हजार ५ सय रुपैयाँ भन्सार पु(याएको छ । चाँदीमा प्रति दशग्राम ५६ रुपैयाँबाट ७५ रुपैयाँ पु(याएको छ । गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकै दिन तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा भन्सार दर बढ्न गएकाले मूल्य बढ्न गएको बताए ।
भन्सार बढेपछि बजारमा सुनको मूल्य एक्कासी बढेको छ । भारतभन्दा सुनचाँदी सस्तो नहोस् भनेर भन्सार बढाइएको अर्थ मन्त्रालयको भनाइ छ । भारतभन्दा नेपालमा सस्तो हुँदा नेपालबाट सुनचाँदी जाने सम्भावना रहने गर्छ । भारतमा मूल्यका आधारमा १० प्रतिशत भन्सार लाग्छ । नेपालमा भने तौलका आधारमा भन्सार मूल्यांकन हुन्छ । नेपालमा सस्तो भएपछि यहाँबाट अवैध रूपमा भारतमा गएको आशंकामा सरकारले भन्सार बढाएको हो । पछिल्लो साउनको महिना यता सुनको मूल्य लगातार बढ्न थालेको थियो । मूल्य बढेसँगै कारोबार नै न्यून भएको व्यवसायीको भनाइ छ । दसैं तिहारको अवधिमा सुनको काराबारमा वृद्धि भएको व्यवसायीको भनाई छ । दसैंअघि प्रतितोला ७३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य घटेर गत शुक्रबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
दसैंअघि बैंकसँग साढे पाँच सय किलो सुन रहेकोमा केही दिन अघि घटेर २ सय ३५ किलोमा झरेको थियो । व्यवसायीबाट सुनको माग बढेपछि वाणिज्य बैंकहरूले सुन आयात गर्न थालेको थियो । सरकारले भन्सार बढाएका कारण सुनको मूल्य तोलामै १ हजार १ सय रुपैयाँले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य घटे पनि भन्सारका कारण नेपालमा सुनको मूल्य बढेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस तीन डलरले घटेर १ हजार ४ सय ५९ डलरमा कायम भएको छ । सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दशग्राम १ हजार ५ सय रुपैयाँ भन्सार बढाएसँगै सुनको मूल्य तोलाको ७१ हजार रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
चाँदीमा प्रति दश ग्राम ५६ रुपैयाँबाट ७५ रुपैयाँ पु(याएको छ । यसअघि चालू आर्थिक वर्षको बजेटमार्फत प्रति दश ग्राम ४२ सय रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पु(याइएको थियो । स्थानीय बजारबाट भारततर्फ सुन जान थालेपछि महासंघले नै मौखिक रूपमा सुनको भन्सारदर बढाउन अनुरोध गरेको थियो ।
आजको कारोबार राष्ट्रिय दैनिककमा लक्ष्मी सापकोटाको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्