Logo

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदैछ, सरकार आवाज किन सुन्दैन- कर्ण मल्ल, सांसद, नेपाली कांग्रेस



काठमाडौं, २५ कात्तिक । डडेलधुरा केन्द्रित भई नेपाली काँग्रेसबाट राजनीति गर्दै आएका कर्ण मल्ल युवावस्थामै केन्द्र देखि जिल्ला तहसम्म प्रभाव बनाएका नेता हुन् । डा. गोविन्द केसीले डडेलधुराबाट अनसन बसेपछि मल्ल गम्भीर भएका छन् । उनीसँग यसबारे ऋषि धमलाले गरेको कुराकानीः
डा. गोविन्द केसी स्वास्थ्य अवस्था कस्तो छ ?
डा. गोविन्द केसीजी आज आठ दिन भयो अनसनमा रहनुभएको । डाक्टरको भनाइअनुसार उहाँको स्वास्थ्य अवस्था पनि दिनप्रदिन खस्कँदै गएको छ । जनताको स्वास्थ्य शिक्षा जस्तो महत्वपूर्ण विषयलाई लिएर असन बस्दै आउनुभएको यो १७ पटक हो । उहाँको असनप्रति यहाँका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार र सरोकारवालाहरुको ऐकेवद्धता छ । उहाँ अनसन सुरु भएको आठ दिन हो । उहाँको समर्थनमा आन्दोलन भएको सातौं दिन हो ।
उहाँको स्वास्थ्यस्थिति कमजोर हुँदैगर्दा सरकारी पक्ष वार्ताको लागि आएका छैनन् ?
डडेल्धुराका सिडियो बाहेक सरकारपक्षका न कुनै प्रदेशका मन्त्री आउननुभएको छ न केन्द्रबाट संघीय सरकारका कुनै जिम्मेवार प्रतिनिधिनै आउनुभएको छ । सरकारको उपस्थिति त टाढैको कुरा यसको सुनुवाइसम्म भएको छैन । नेकपाबाहेक डडेल्धुराका नेपाली कांग्रेसले अन्य सम्पूर्ण राजनीतिक दल र यहाँका सामाजिक संघसंस्थासहितको ऐक्यवद्धता र ज्ञापनपत्रसहितको हजारौं जनता डा.केसीको पक्षमा सडकमा उत्रिइसक्दा पनि संघीय र प्रदेश सरकारको उपस्थिति देखिँदैन ।
यसपटक डा. केसीको अनसनलाई सरकारले सिरियस लिएको छैन अब के हुन्छ ?
डा. केसीको अनसनलाई लिएर जनमत विभाजित छ जस्तो सुरुदेखि लाग्दैन । यो मुलुकका वरिष्ठ पत्रकारहरुले पनि उहाँको अनसनलाई नजिकबाट हेरिरहनुभएको छ । खेलराज रेग्मी, प्रचण्ड, डा. बाबुराम भट्टराई, सुशील कोइराला र केपी शर्मा ओलीसमते पाँ जना प्रधानमन्त्रीको सरकारका पालामा उहाँ अनसन बस्दै आउनुभएको छ । पाँच वटै प्रधानमन्त्रीले उहाँको माग जनताको हो, हामी पुरा गर्दछौं भनेर सम्झौता गरेका छन् । उहाँहरुले लिखितसहित देशवासीको नाममा प्रतिबद्धता जाहेर गर्नुभएको छ । ५ जना प्रधानमन्त्रीमध्ये सुशील कोइराला मात्रै हामीसामु जीवित हुनुहुन्न । बाँकी अहिलेका प्रधानमन्त्रीलगायत अरु पूर्वप्रधानमन्त्रीहरु जीवितै हुनुहुन्छ । जुम्लाको अनसन तोडाउँदा माग पुरा गर्ने भनेर देशवासीका नाममा सन्देश पनि दिनुभएको छ । देशका तीन करोड नेपाली जनताको प्रतिनिधि पात्र हुन् डा. गोविन्द केसी । गरिबजनताको स्वास्थ्य शिक्षाको विषय उठाउनुभएको छ । यो आन्दोलन उहाँले आफ्नो लागि गर्नुभएको होइन गरीब नेपाली जनताको लागि गर्नुभएको हो । जसरी अस्ति सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सर्वपक्षीय बैठक बसे । राष्ट्रियताको पक्षमा सबैले एउटा ठाउँमा उभिने आभास दिए । त्यही दिनै सम्मानीय प्रधानमन्त्रीकै नेतृत्वमा केसीको आन्दोलनलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता दिनुपथ्र्यो त्यो दुर्भाग्य हो ।
डा. गोविन्द केसीको मागलाई सरकारले सम्वोधन गर्न चाहेन भने तपाईंहरु अनसन तोडाउन सक्नुहुन्छ ?
डा. केसी स्वास्थ्य अवस्था प्रतिकूल भएको कुरा यहाँका मेडिकल सुपरिटेन्डेन दीपेन्द्र कँडेलले भनिसकेपछि डा. केसी पत्रकार सम्मेलन गर्नुभयो । ‘मेरा स्वास्थ्यमा कुनै समस्या छैन, म मृत्युवरण गर्न तयार छु र प्रधानमन्त्रीले चाहना राख्नुभयो भने मेरो माग एकघण्टामा पुरा गर्न सक्नुहुन्छ, माग पुरा नभएसम्म असन तोड्दिँन’, भन्नुभएको छ । हामीले सरकारसँग आग्रह गरिरहेका छौं, ‘उहाँको माग पुरा गरी अनसन तोडाउनका लागि ।
समग्र परिस्थितिको पनि आँकलन गर्नुपर्छ नि ?
यहाँका राजनीतिक दल र सामाजिक अभियन्ता साथीहरुको उहाँको जीवन रक्षामा चिन्ता छ ।
डा. गोविन्द केसीलाई कसरी राखिएको छ ?
कात्तिक १८ बेलुकादेखि एउटा व्यक्तिको घरबाट अनसन सुरु गर्नुभयो । यसरी असनको ५ औं दिनमा उहाँको स्वास्थ्य स्थिति बिग्रिएपछि हामीले अस्पिटलमा सिफ्ट ग¥यौं । ‘डाक्टरले भनेजस्तो होइन, म स्वस्थ छु’ भनेर उहाँले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा डिक्लेर्सन गर्नुभयो । सुदूरपश्चिका सबै जिल्लाबाट प्रतिनिधिहरु ऐकेबद्धता जनाउन आइरहनुभएको छ । यहाँका प्राध्यपक, शिक्षकलगायत प्रबुद्ध वर्गहरु उहाँको अभियानमा सहभागिता जनाउन निरन्तर आइरहनुभएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सीमाको अवस्था के छ ?
डा. केसीको आन्दोलनसँगै कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत जति पनि सीमा विवाद छ त्यसको समाधान चाँडोभन्दा चाँडो गरिनुपर्छ भनेर सम्पूर्ण नागरिकहरु एकजुट छन् । जसरी अस्ति सम्पूर्ण राजनीतिक दलहरुदेखि सीमासँग सम्बन्धित विज्ञहरु एकठाउँमा उभिएका छन् । उहाँले अन्तरमनदेखि नै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताका बारेमा दह्रो ढंगले कुटनीतिक पहल गरी समाधानको उपाय खोज्नुपर्छ । हाम्रा लिडरहरुले आफ्ना व्यक्तिगत र सत्तामा पुगेका बेला जुनसुकै खालको सम्झौता टिक्ने बाटो गरेर होइन । राष्ट्रियताप्रति दृढतापूर्वक लागेर ‘देश रहेमात्र हामी रहन्छौ’ भन्ने भावनाले समस्याको समाधान खोज्नुपर्छ । नेपाल–भारतबीचको जुन सम्बन्धमा छ, त्यसमा चिसोपना नआउने गरी मैत्रीभाव तरिकाले समाधान खोज्नुपर्छ । यो समाधान कुटनीतिक र राजनीतिक ढंगले उच्चस्तरीय लेभलबाट हल गर्नुपर्छ भन्ने यहाँका बुद्धिजीवी, समाजसेवी र आमजनताको भावना रहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्