Logo

सेनाको दबाबपछि बोलिभियाली राष्ट्रपतिद्धारा राजीनामा, पक्राउको आदेश



बोलिभियाली राष्ट्रपति इभो मोरल्सले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा घोषणा गरेका हुन् ।

वामपन्थी राष्ट्रपति मोरल्सलाई त्यहाँको सेना र प्रहरीले राजीनामाको दबाब दिएको थियो । उनीविरुद्ध विपक्षी पनि लागेका थिए । मोरल्सले आफूले दबाबमा आएर राजीनामा दिएको ट्वीट गरेका छन् ।

राजीनामापछि मोरल्सलाई पक्राउको तयारी भएको छ । यसको जानकारी मोरल्स स्वयंले ट्वीटमार्फत् गरेका छन् । उनलाई पक्राउ गर्नेबारे प्रहरी अधिकारीले सार्वजनिक रुपमा बोलिसकेका छन् ।

मोरल्स गत हप्तामात्र एउटा खतरनाक दुर्घटनाबाट बचेका थिए । उनी चढेको हेलिकोप्टर केही मिनेटमै इन्जिन खराबीका कारण आकस्मिक अवतरण भएको थियो । मोरल्समाथि हत्याको प्रयास भएको चर्चा चलेको थियो ।

राजीनामापछि पक्राउ पर्ने खतरालाई दृष्टिगत गरी मोरल्सले समानताको लडाईं नरोकिने बताएका छन् । उनले पछिल्लो घटनाक्रमलाई सैनिक कू भनेका छन् । -एजेन्सी



प्रतिक्रिया दिनुहोस्