Logo

नेकपा सचिवालय बैठक सम्पन्न, बोहरा र रोकायलाई महत्वपूर्ण जिम्मेवारी



काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सविचालय बैठक सम्पन्न भएको छ । आज विहान बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको छ । त्यस्तै, केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिएको छ ।

उता, केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन् । त्यस्तै, ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot