Logo

युभेन्टसद्वारा एसी मिलान पराजित, डिबाला बने नायक



ईटाली, २५ कात्तिक । इटालियन सिरी ए मा युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले मिलानलाई १-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले खेलको एक मात्र गोल गरेका हुन् ।

गोन्जालो हुगैनको असिस्टमा डिबालाले खेलको ७७औ मिनेटमा गोल गर्दै युभेन्टसलाई जिताएका हुन् । खेलको ५५औ मिनेटमा क्रिस्टियानो रोनाल्डोको ठाउमा सब्सटिच्युट भएर आएका डिबालाले खेलको निर्णायक गोल गरेका हुन् ।

रोनाल्डोलाई कोच माउरीजियो सारीले लगातार दोस्रो खेलमा पुरा समय खेलाएका छैनन् । अहिल्लो खेलमा समेत कोच सारीले रोनाल्डोको ठाउमा डिबालालाई सब्सटिच्युट गराएका थिए । जितपछि युभेन्टस १२ खेलमा ३२ अंकसहित लिगको शिर्ष स्थानमा छ भने मिलान १२ खेलमा केवल १३ अंक हासिल गर्दै १४औ स्थानमा झरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्