Logo

“पोई पर्यो काले” अब टिभिमा, च्यानल नम्बर कति



अब चलचित्र “पोई पर्यो काले” घरमै बसेर हेर्न मिल्ने भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र २२ कार्तिकबाट डिसहोममा रिलिज भएको हो । ८ कार्तिक देशव्यापी प्रदर्शनमा आएको यो चलचित्र अब आफ्नो समय अनूकुल मिलाएर हेर्न मिल्ने भएको छ ।

दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स–परिवारको साथमा हेर्न सक्नेछन् । चलचित्र डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज भएको छ । शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

। शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ । चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्