Logo

भीष्म पितामह आजीवन ब्रम्ह्चारी बस्नुको रहस्य



भीष्म पितामह महाभारतको सबैभन्दा शक्तिशाली र विद्धान व्यक्ति थिए । उनी गंगा र शान्तनुका पुत्र थिए । उनको वास्तिवक नाम देवव्रत थियो । आजीवन ब्रह्मचार्यको प्रतिज्ञा लिएर मृत्युलाई आफ्नो बसमा पारेका पितामहलाई गंगा, शान्तनव, नली, तालकेतु आदि नामले चिनिन्छ ।

पितामह भगवान परशुरामका चेला थिए । उनलाई कुनै पनि युद्धमा जित्न असम्भव थियो । युद्धमा गुरु परशुरामले मात्र जित्न सक्थे । परशुराम र पितामह बीचको लडाइमा उनले परशुरामलाई हराएका थिए । युद्धबाट नोक्सान हुने थाहा पाएपछि भगवान शिवले युद्ध रोकिदिएका थिए ।
भीष्म प्रतिज्ञाको कारण उनलाई सर्वाधिक व्यक्तिको रुपमा चिनिन्छ । राजा बन्ने क्षमता हुँदा पनि आजीवन हस्तिनापुरको सिंहासनको संरक्षणको भूमिका निर्वाह गरेका थिए । बसे ।

भीष्म पितामहले पूर्व जन्ममा चोरी गरेको कारण उनलाई महर्षि ऋषिले पृथ्वीमा जन्म लिने श्राप दिएका थिए । श्राप पालना गरेर पुन देवलोकमा फर्कने सोचका कारण उनी आजीवन विवाह नगरी बसेको धार्मिक ग्रन्थमा उल्लेख छ । उनले पृथ्वीमा आफूसँग सम्बन्धित कुनै पनि अंश छोड्न नचाहेको हुँदा एउटा गल्तीका कारण कष्टपूर्ण जीवन निर्वाह गरेका थिए । त्यसकारण उनको आजीवन ब्रह्मचारी बसेका थिए ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्