Logo

कृतिमाथि बनेका चलचित्रहरु कति सफल



नेपाली चलचित्र क्षेत्रमा विभिन्न विचार धारणका चलचित्रहरु बन्ने गरेका छन् । वर्षेनी धेरै चलचित्रहरु बन्ने गरेका छन् । निर्देशकहरुले बेला बेलामा विभिन्न कृतिहरुमा पनि चलचित्र बनाउने गरेका छन् । नाम चलेका र सबैले मन पराएको कृतिहरुलाई छानेर चलचित्र निर्माण गर्ने गर्छन् । कति सफल हुन्छन् भने धेरै असफल भएको पाइन्छ ।

कट्टेल सरको चोटपटकमा आधारित चलचित्र वासुदेव र सतीप्रथाका बारेमा लेखिएको कथा ‘झोला’ माथि बनेको चलचित्रले सफलता हासिल गर्दा अन्य धेरैजसो चलचित्रले त्यो अवसर प्राप्त गर्न सकेनन् । मिलन चाम्स निर्देशित दृष्टिविहीन श्रृष्टि केसीको जीवन संघर्षमाथि बनेको चलचित्र ‘ब्लाइन्ड रक्स’ पनि आंशिक रुपमा सफल भएको थियो । श्रृष्टि केसीको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री बेनिशा हमालले चलचित्रबाट प्रशंसा पाएकी थिइन् ।

बाबुराम ढकालले पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’ माथि चलचित्र निर्माण गरेका थिए । चलचित्रको विशेष प्रदर्शनीमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला पनि पुग्नुभएको थियो । तर, ‘झोला’ चलचित्रबाट सफलताको उचाइमा पुगेकी अभिनेत्री गरिमा पन्तलाई लिएर गरिएको त्यो चलचित्रले दर्शकको मन जित्न सकेन ।

गत वर्ष २५ माघमा साहित्यकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ माथि पनि चलचित्र बनेको थियो । पुस्ताले प्रेमिल उपन्यासका रुपमा समर लभलाई रुचाए र उपन्यासले लेखक सुबिन भट्टराई रातारात सेलिब्रेटी बनायो तर, मुस्कान ढकाल निर्देशित चलचित्र असफल भयो । दर्शकहरुले चलचित्र निर्माता र निर्देशकलाई राम्रो चलचित्र निर्माण गर्न नसकेकोमा आलोचना गरे ।

यस वर्ष साहित्यकार झमक घिमिरेको जीवनमा आधारित पुस्तक ‘जीवन काँडा कि फूल’ मा आभारित भएर चलचित्र निर्माण गरिएको छ । यो कृतिमा झमकको जीवनका बारेमा सम्पूर्ण कुराहरु वर्णन गरिएको छ । झमकले २०६७ सलमा मदन पुरस्कार पाएकी थिइन् । २२ कात्तिक देखि एक्ल हलहरुमा यो चलचित्र रिलिज भएको छ । यो कृतिले सफलता पाउँछ कि पाउँदैन भन्ने कुराको निर्णय अझै लागेको छैन ।



प्रतिक्रिया दिनुहोस्