Logo

अक्षयको पहिले डेब्यू म्युजिक भिडियो



बलिउड अभिनेता अक्षय कुमार अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज भएको हो । उनको यो म्युजिक भिडियोलाई सबैले मन पराएका छन् । बलिउड बक्सअफिसमा तहल्का मच्चाइरहेका उनी अब म्युजिक भिडियोतिर लागेका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने अनुमान गरिएको छ ।

म्युजिक भिडियोमा अक्षय र कृति सैननकी बहिनी नुपुरको रोमान्स देखाइएको छ । बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित यो गीतले रिलिज भएको १२ घन्टामा १५ मिलियन बढी दर्शक पाएको छ । जसमा दुई प्रेमी समाजले बनाएको नियमको कारण एक हुन सकेनन् । भिडियो अहिले युट्बुमा ट्रेन्डिंगमा रहेको छ ।

अक्षयले इन्स्टाग्राममार्फत लामो समय फिल्म उद्योगमा रहेपछि म्युजिक भिडियोमा डेब्यु गर्ने फैसला लिएको कुरा बताएका छन् । छिट्टै अक्षयलाई फिल्म ‘सुर्यवंशी’ र ‘गुड न्युज’ मा देखिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्