Logo

‘च च हुई’ को क्यारेक्टर पोस्टरमा को कस्तो



६ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात् भोलाराज सापकोटा, संगीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । को कस्तो क्यारेक्टरमा छ भनेर चिनाउन चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेपनि क्यारेक्टरलाई थप चिनाउन निर्माण टिमले यस्तो गरेको जनाइएको छ ।

दुई मुर्ख युवाहरुको जीवनमा एउटा किताबले ल्याएको हलचललाई चलचित्रमा रमाइलो तरिकाले प्रस्तुत गर्न खोजिएको छ । साम्तेन भुटिया निर्देशित चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

लभर व्वाइको भूमिकामा खुबै रुचाइएका आर्यन सिग्देल पहिलो पटक कमेडी जनराको चलचित्रमा देखिँदै छन् । दुई बेवकुफ युवकको भूमिका आर्यन र भोलाराज देखिनेछ । ‘च च हुई’ मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी रोशन थापाको सङ्गीत रहेको छ । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्