Logo

रेस्टुरेन्टका ग्राहकलाई शौचालयको पानी



कसैले तपाईलाई शौचालयको पानी पिउन दिने रेस्टुरेन्टमा जान अफर गर्यो भने के भन्नुहून्छ ? शायद जाने त कुरा छैन्, उल्टै रिसले आगो ओकल्ने सम्भावना रहला । तर तपाई नगएर के भो त, विश्वमा एउटा यस्तै रस्टुरेन्टमा शौचालयको पानी पिउनका लागी मानिसको धुइँचो लाग्छ ।

यस रेस्टुरेन्टको नाम गष्ट युक्स हो । बेल्जियमको कुर्ने सहरमा रहेको छ । उक्त रेस्टुरेन्टमा आउने ग्राहकलाई ट्वाइलेट तथा हाथमुख धुने ठाउको पानी शुद्धिकरण गरेर पिउनका लागि दिइन्छ । ट्वाइलेट तथा स्नानगृहको पानी शुद्धिकरणका लागि रेस्टुरेन्टले एउटा नयाँ प्रविधिको वाटर प्युरीफायर राखेको छ ।सो पानी शुद्धिकरण यन्त्रले ढलको पानीलाई समेत पूर्ण रुपमा पिउन लायक बनाएर शुद्ध पारिदिन्छ ।यसरी शुद्धिकरण गर्दा पानीका आवस्यक लवन समेत नष्ट हुदैनन् ।

उक्त रेस्टुरेन्टमा टोइलेट सिंक तथा ढलसमेतको पानीलाई सुरुमा प्लान्ट फर्टिलाइजरमा सफा गरिन्छ । त्यसपछि वर्षाको पानी संग मिसाइन्छ र त्यसलाई पिउनका लागि लायक बनाउन वाटर प्यृरीफायर मा हालिन्छ । यसरी शुद्धिकरण गरिएको पानीलाई पिउन मात्र नभएर आईस क्युब बनाउन ,बियर बनाउन तथा कफी बनाउन पनि प्रयोग गरिन्छ ।Photo Source: The engineer



प्रतिक्रिया दिनुहोस्