Logo

कुकुर र बिरालोले पनि गर्छन् रक्तदान



रक्तदान जीवनदान भनिन्छ । रक्तदान भन्ने बितिक्कै मान्छेले आफ्नो रगत दान दिनु बुझिन्छ । तर अब रक्तदान केवल मानवरक्तको दानमा मात्र सीमित रहेन । किनकि अब कुकुर र बिरालोले समेत रक्तदान गर्न थालेका छन् । विश्वमा केही यस्ता देश छन् जहाँ कुकुर बिराला जस्ता घरपालुवा जनावरको रगत बैंकको स्थापना गरिएको छ । यी ब्लड बैंकमा धेरैजसो कुकुर तथा बिरालोको रगत पाइन्छ ।

किनकि मानिसले घरमा साथी जनावर अर्थात् पेटको रुपमा कुकुर वा बिरालो नै पाल्ने गर्छन् । जब कुनै कुकुर वा बिरालो अर्थात् घाइते भएर रगतको आवश्यकता पर्छ । तब यहीँ ब्लड बैंकमा रहेको अरु कुकुर तथा बिरालोको मिल्दो रगत काम लाग्छ । तपाईलाई थाहा नहुन सक्छ कि कुकुर वा बिरालोमा समेत मानिस जस्तै फरक फरक प्रकारको ब्लड ग्रुप हुन्छ । कुकुरमा १२ प्रकारको रक्त समूह हुन्छ भने बिरालोमा तीन प्रकारको हुन्छ ।

अमेरिकाको क्यालिफोर्नियाको डिक्स तथा गार्डन ग्रोभ सहरका अतिरिक्त मिशिगनको स्टकब्रिज, भर्जिनिया,ब्रिस्टो तथा म्यारिल्याण्डको अन्नापोलिस सहर समृत अमेरिकाका कैयौं सहरमा पशु ब्लड बैंक रहेको छ । त्याहाँका माािस समय–समयमा ती ब्लड बैंकमा गएर आफ्ना पाल्तु जनावरको रक्तदान गराउँछन् । पशुको रक्तदान प्रक्रियामा झण्डै आधा घण्टाको समय लाग्छ ।Photo Source: Newsweek



प्रतिक्रिया दिनुहोस्