Logo

आलमको पक्षमा रौतहटमा बृहत्त जुलुश (भिडियोसहित)



रौतहट, २५ कात्तिक । मोहम्मद अफताव आलमको थुनछेक बहस भैरहँदा उनको पक्षमा रौतहटमा हजारौंको संख्यामा प्रदर्शन भएको छ । त्यतिमात्रै होईन, थुनछेक बसह भैरहँदा अर्का सरकारी साक्षीले बयान फेरेका छन् । २०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् ।

शंकर भनिने गौरीशंकर राम चमार सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । गौरीशं‌करले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्