Logo

अजयको सेन्चुरी फिल्म कुन



बलिउड सुपरस्टार अजय देवगनले आफ्नो तीस वर्षे फिल्मी करिअर पार गरिसकेका छन् । सन् १९९१ मा फिल्म “फूल और कांटे” बाट अभिनय यात्रा सुरु गरेका उनले तीस वर्ष लामो करिअरमा एकसेएक उम्दा फिल्म दिएका छन् । पछिल्लो रिलिज फिल्म ‘दे दे प्यार दे’ उनको ९९ औं फिल्म रहेको छ । अहिले उनी सेन्चुरी गर्ने क्रममा छन् ।

सुपरस्टार अजय आफ्नो नयाँ फिल्म ‘तानाजीः द अनसंग वारियर’ लिएर आउँदैछन् । यो अजय देवगनको १०० औं फिल्म हो । अजय मोस्ट ट्यालेन्टेड अभिनेतामध्ये एक हुन् । फिल्ममा उनको कमिक टाइमिङ, एक्सन र एग्रेशन सबै जबरजस्त हुन्छ । अभिनेत्री काजोल देवगन र अभिनेता शाहरुख खानले ट्वीटरमार्फत् उनलाई १०० औं फिल्मका लागि बधाई दिएका छन् । यो फिल्मको लुक्स सार्वजनिक भएसँगै उनलाई १००औं फिल्मका लागि बधाईको ओहिरो लागेको छ ।

२२ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्मको रिलिज डेट परिवर्तन भएको छ । ‘तानाजीः द अनसंग वारियर’ अब १० जनवरी २०२० मा रिलिज हुनेछ । ओम राउत निर्देशित यो फिल्मको बक्सअफिसमा अभिनेत्री दिपिका पादुकोणको फिल्म ‘छपाक’ सँग भिडन्त हुनेछ । File Photo



प्रतिक्रिया दिनुहोस्