Logo

भारतविरोधी क्रियाकलापले हामी चैनसँग बस्न सक्छौं ? – मनिष सुमन



काठमाडौं, २५ कात्तिक । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन भारतसँगको सीमा समस्याका बारेमा जथाभावी बोलेर भन्दा कुटनीतिक माध्यमले समाधान निकाल्नुपर्ने बताउँछन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
सीमा विवादको कुरा गर्दा सप्तरीमा पनि त्यस्तै छ, कालापानीको समस्या कसरी हल गर्ने ?
सीमा विवादको कुरा गर्दा सप्तरीका जनताले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्यालाई निरन्तर चिन्ता लिने गरेका छन् । यो आदीमकालदेखि चलिआएको चर्चा हो । धेरै पहिलादेखि नै भारतसँग चाइना र नेपालबीच सीमाविवादका कुरा उत्पन्न भएका हुन् । समयमै आफ्नो सीमा सुरक्षा गर्न नसक्नु नेपाल सरकारकै दोष हो । जहाँसम्म सप्तरीको कुरा गर्दा हिजो, आज र भोलि पनि बिनाकुनै सेना, प्रहरी हामीले आफ्नो सीमा सुरक्षामा लड्दै आएका छौं । काठमाडौंका केही व्यक्ति जसलाई कुटनीतिक सम्बन्धका बारेमा रत्तिभर ज्ञान छैन । दुई देशको समबन्धसँग कुनै पनि सरोकार छैन । उनीहरु मधेस र भारतका जनता–जनताबीचको सम्बन्धलाई झन् तिरष्कृत गर्ने र मनमुटाव बढाउने खालको प्रदर्शन गरिरहेका छन् । त्यस्तो पार्टीहरु जो हिजो सत्तामा हुँदा केही बोलेनन् । जसले विभिन्न सन्धिसम्झौता गरे । त्यसकारण नै त्यस्ता समस्याहरु बेला–बेलामा देखिएका हुन् ।
कालापानी त नेपालको हो कि त्यो फिर्ता हुनुपर्दैन ?
कालापानी कहीं गएकै छैन, गएको भए पो फिर्ता हुनुपर्छ ।
भारतले आफ्नो राजनीतिक नक्सामा पारेको देख्नुभएन ?
त्यो नक्सा आजमात्रै जारी भएको होइन । यो धेरै पहिलादेखिको नक्सा हो । हिजोसम्म चुपचाप किन बसेको ? यसमा म एउटा दृष्टान्त दिन्छु, ‘सूर्य’ भन्ने एकजना कुटनीतिज्ञले भन्दै हुनुहुन्थ्यो, ‘अनेरास्ववियु भन्ने एउटा संगठन’ ले खुब धुमधामका साथ झन्डासन्डा लिएर कालापानीतिर गए । त्यहाँको भारतीय सेना देखेपछि उनीहरु धेरै टाढाबाट फर्किएर आए । उनीहरु फर्किएर आएपछि भारतीय सेनाले यी फर्किएको ठाउँसम्म भारत रहेछ भन्ने बुझेर त्यहाँसम्म आइपुग्यो । यस्ता काइते भारतीय संगठनहरु जो आपूmले तय गरेको कार्यक्रम पुरा गर्न नसक्ने । आपूmलाई ठूलो माक्र्सवादी भनेर ढोंग फुक्दै भारतीय सीमाभन्दा ओरै झन्डा गाडेर फर्किए । यस्ता अपरिपक्व राजनीतिज्ञहरुले गर्दा यो अवस्था आएको हो । नेपालका प्रधानमन्त्रीहरु भारतका प्रधानमन्त्रीसँग वार्ता गर्ने भनेर त्यहाँ जाने अनि ‘मेरो छोराछोरीलाई यो गरिदेउ, मेरो पार्टीलाई सरकारमा पु¥याइदेऊ’ भनेर आफ्ना निहीत स्वार्थका कुरा गरेर फर्कने । राष्ट्रहितको विषयमा कहिल्यै कुरा नगर्ने कारणले सीमा समस्या भएको हो ।
नेपाली भू–भाग त फिर्ता हुनुपर्यो नि ?
उच्चस्तरीय राजनीतिक लेभलबाट कुटनीति वार्ता गरी समस्याको निकासा आउने हो कि ? कुनै दूतावासको गेटमा गएर आगो बालेर आउँछ ? मैत्रपूर्ण वार्तले समस्याको समाधान हुने हो कि कटुताले ? भारत र नेपालको सम्बन्धलाई केही काठमाडौंमा बसेका संस्थाहरुले यस्तो बिगारिरहेका छन्, जसप्रति बोल्नै नसकिने वातावरण भएको छ । केही भयो भने मधेसी दलका नेताहरु त सीमाका बारेमा बोल्दै बोल्दैनन् उनीहरु त भारततिर लागिसके भनेर आरोप लगाएर समस्याको समाधान हुन्छ ?
पाईंहरुलाई त नेपाली जनताले भारतमुखी भन्न थालिसके नि ?
उहाँहरुसँग हाम्रो मुखै मिल्छ, सम्बन्ध मिल्छ, व्यवहार मिल्छ, सीमाले मात्रै छुट्ट्याइदिएको हो । कतिपय हाम्रा पारिवारिक सम्बन्ध छन्, ती सम्बन्धलाई दाउमा राखेर हामी जथाभावी बोलिरख्ने हो र ।
देशको सीमाना मिचिएको कुरामा तपाईहरु नबोल्ने ?
हामी आफ्नै ढंगले बोलिरहेका छौं । कसैले तिमी यही बोल भनेर करकाप लगाएको भरमा बोल्न सक्दैनौं । सीमा विवादको विषयमा हामी प्रस्ट छौं, ती सबै उच्चस्तरीय कुटनीतिक सम्वादबाट मात्रै टुंगिने कुरा हुन् । धेरै कुराहरु टुंगिइसकेका पनि छन् । नेपालका विज्ञहरुले पनि कहिले यो कहिले त्यो भनिरहेका छन् । नेपाल सरकारले आधिकारिक धारणा पुष्टि गर्न सकेको छैन । त्यस्तो कुनै कुरा छ भने पनि सम्वाद र सहमतिबाट टुंगिने हो । आधिकारिक वार्ता र संवादको बाटो छाडेर विभिन्न भारतविरोध गतिविधिहरु गरिएको छ । त्यो क्रियाकलापले हामी चयनसँग बस्न, बाँच्न सक्छौं ? त्यसले हामीलाई न हित गर्छ न चयनले बस्ने वातावरण हुन्छ ?
परराष्ट्रमन्त्रीले त भारतको कालापानीमा बलमिच्याईँ हो भनिसक्नुभयो नि ?
काठमाडौंंका मिडिया र कुनै सभामा भनेर हुँदैन । प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री हुनुहुन्छ । परराष्ट्रमन्त्रीको छिमेकी देशको परराष्ट्र मन्त्रीसँग सधैं कुराकानी भइरहेको हुन्छ । त्यो कुराकानी भएको बेलामा यो के हो भनेर राख्नसकिने कुरा हो । तपार्इंंको त्यो भू–भाग हो, हाम्रो यो भू–भाग हो भनेर वार्तामा बसेर टुंग्याउन सक्नुपर्छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो भू–भाग हुन् । तर, उच्चस्तरीय वार्ताद्वारा टुंग्याउन सक्नुप¥यो नि । अहिले नेपालको सरकार चीनतर्पm ढल्किएको छ ।
तपाईंसँग आधारहरु छन् ?
त्यसका थुप्रै आधारहरु छन् । नेपालमा सी जिन पिङको भ्रमणपश्चात् अमेरिकाका दक्षिण एशिया हेर्ने उपविदेश मन्त्रीले प्रस्तुत गरेको रिपोर्टमा प्रष्ट छ । यहाँ अल्पसंख्यक समुदायलाई खास गरी तिब्बतीयनहरुलाई असुक्षित गरिँदैछ । ‘एक चीन नीतिप्रति हामी समर्थन छौं’ ‘एक चीन नीतिप्रति हाम्रो प्रतिबद्धता छ, तर एक भारत नीतिप्रति हाम्रो प्रतिबद्धता छैन । एक भारतविरुद्ध अहिले काठमाडौंमा खुलेआम कार्यक्रमहरु हुने गरेका छन् ।
सीमा विवादलाई लिएर जनता त आन्दोलनमा छन् नि ?
हामी पनि आन्दोलनबाटै आएका हौं । मनिष सुमनलाई यहाँसम्म आइपुग्ने श्रेय पनि आन्दोलनलाई नै जान्छ । अहिले कुनै जनताको आन्दोलन भइरहेको छैन । यहाँ छिमेकी देशप्रतिको सम्बन्ध बिगार्ने कुकृत्यहरु भइरहेको छ । कुनै नेताको निर्देशनमा, कुनै पार्टीको निर्देशनमा त्यसका भातृसंगठनहरुले आन्दोलन गरिरहेका छन् । जनता भनेका काठमाडौंको माइतीघर मण्डलामा उभिने व्यक्तिमात्रै होइनन् । आमजनता भनेको ३ करोड हाराहारी छन्, जुन नेपालका विभिन्न कुनाकन्दरमा बसेका हुन्छन् । ती जनताको आवाजमा सञ्चारकर्मी र नेताहरुको ध्यान पुगेको छ ? सीमा विवादको टुंग्याउन उच्चस्तरीय ढंगले कुटनीतिक पहल गर्नुपर्छ । रातो रुमाल टाउकोमा बाँधेर दूतावास अगाडि उफ्रिएर हुँदैन । सरकारमा भएको पार्टीको भातृसंस्थाले यस्तो क्रियाकलाप गर्दा भोलि भारतले हाम्रो नेपालसँग कुटनीतिक सम्बन्ध छैन, दूतावास लिएर जान्छौं भन्यो भने के हुन्छ ? कुनै–कुनै नेता, कुनै–कुनै भारतीय संस्थाहरु यही चाहिरहेका छन् । नेपाल र भारतको सम्बन्ध टुटोस्, नेपालका तराईवासी जनता र विहारका जनताबीचको पारिवारिक सम्बन्ध पनि टुटोस् भनेर जुन कुकृत्यहरु गरिरहिएको छ । त्यसले कसैलाई फाइदा गर्दैन । यसको निकास उच्चस्तरीय वार्ता नै हो ।
तर, भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता गर्ने राष्ट्रिय सहमति त भइसक्यो नि ?
त्यस्तो उच्चस्तरीय वार्ता र संवाद गर्दा त एउटा निकास आइहाल्छ नि । दूतावास अगाडि गएर आगो बालेर तिक्तता बढाउने र सम्बन्ध बिगार्नेतिर लाग्नुभएन । उहाँहरुको त्यस्तो क्रियाकलापले सीमामा बस्ने नेपालीलाई कति पीडा हुन्छ ? अहिले हाम्रो प्रधानमन्त्री भारत जानुपर्छ । परराष्ट्र मन्त्रीले पनि भारतीय समकक्षी परराष्ट्र मन्त्रीलाई भेट्नुपर्छ । यस्तो कुरातिर ध्यान दिने होइन, खाली सम्बन्ध बिगार्नेतिर लागिरहेका छन्, त्यो देखेर हामी अत्यन्तै चिन्तित छौं । नेपाल–भारतको सम्बन्ध आमकाल भगवान रामभन्दा अगाडिदेखिको हो । यी सीमा उहाँहरु र हामी बसेर तोकेको सीमा रेखाहरु हुन् । नभए पहिला कुनै सिमा थिएन, छठसँगै मनाइन्छ, इदसँगै मनाइन्छ, दशैंसँगै मनाइन्छ, कतिपय विवाहित सम्बन्ध, पारिवारिक सम्बन्धहरु छन् । यसरी कालान्तरदेखि रहिआएको सम्बन्धलाई आज कालापानी, लिपुलेकको नाममा बिगारिँदै छ, त्यो घोर निन्दनीय कार्य हो ।
सीमाको रक्षा त गर्नुपर्यो नि ?
कसले भनेको छ ? सीमा रक्षा गर्नुहुँदैन भनेर । तर, सीमाको रक्षा माइतीघर मण्डलामा उफ्रिएर हुन्छ ? काठमाडौंका गल्ली–गल्लीमा उफ्रिएर हुने हो ? सीमाको रक्षा त उच्चस्तरीय वार्ता र संवादबाट हुने हो । यसका संवैधानिक विधि र अन्तर्राष्ट्रिय मान्यताहरु हुन्छन् ।
यसले नेपाल–भारत सम्बन्धमै समस्या आउँछ ?
नेपाल–भारत सम्बन्धमा कुनै समस्या आउँदैन । यो सम्बन्ध कुनै व्यक्तिले बनाइदिएको पनि होइन । नेपाल–भारतको सम्बन्ध कुनै केपी ओली, शेरबहादुर देउवाले पनि बनाइदिएको होइन । नेपाल–भारतको सम्बन्ध जन–जनबीचको हो । काठमाडौं र दिल्लीको सम्बन्ध हो भने मेरो भन्नु केही छैन । तर, भारतका जनता र नेपालका जनताबीचको सम्बन्ध हो भने त्यो जनस्तरमा छ । भारतका २६ लाखभन्दा बढी चलीहरु विवाह गरेर नेपाल आएका छन् । उनी हाम्री आमा, भाउजु, भाइजु, बुहारी र परिवार हुन् । हाम्रा पनि धेरै चेलीहरु भारतमा विवाह गरेर गएका छन् । उनीहरु हाम्रा सम्दी, ज्वाइ, कुटुम्ब हुन् । यसरी परापूर्व कालदेखि चल्दै आएको सम्बन्धलाई माइतीघर मण्डलामा प्रदर्शन गरेर टुटाउन खोज्छन्, तर टुट्दैनन् । त्यसैले दिल्ली र काठमाडौंको सम्बन्ध भए अर्को कुरा हो, हाम्रो जन–जनबीचको सम्बन्ध कायम थियो, छ र भइरहेन्छ ।
तपाईंको पार्टी समाजवादी पार्टीसँग एकताको सम्भावना कति छ ?
समाजवादी पार्टीको कुरा म राष्ट्रिय जनता पार्टीको कार्यकर्ताले बुझ्ने हैसियतै रहेन । तर, उहाँहरु र हामी हिजो सँगै आन्दोलन गरेका हौं, सँगै चुनाव लडेका हौं, केही समय यता सांगाठानिक संरचनामा फरक भएका हौं । राजपाका कार्यकर्ता र नेताहरु पार्टी एकता भएको हेर्न चाहन्छन् । यस्तो निकम्मा सरकारमा उपेन्द्रजी अल्झिरहनुको कुनै अर्थ छैन । यस्तो सरकार जसले छिमेकीसँग सम्बन्ध बिगारिरहेको छ, आफ्नै उपप्रधानमन्त्रीसँग सल्लाहनै नगरी ठूला–ठूला निर्णयहरु ग्रिरहेको छ । संविधान संसोधनको कुरा गर्छ, त्यसको निकासतर्फ एक पाइलो चाल्दैन । निर्मला पन्तको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन सकेको छैन । देश भष्टाचार र अनियमितता चुर्लुम्म डुबाएको छ । जसले कम्युनिजमको नाममा देशका ख्यातिप्राप्त सम्मानित उद्योगपति रुप ज्योति जस्तालाई झुठा आरोपमा समाएको छ । कम्युनिजमको दम्बमा जसलाई जे मन लाग्यो त्यही गरेर आक्रान्त मच्चाइरहेको छ । यस्तो निकम्मा सरकारमा नबस्न समाजवादीका नेतालाई सुझाव छ । वार्ता गर्ने हो भने समाजवादी पार्टीले सरकार छोडेर आउनुपर्छ । ऊसँग हामीले चुनावी गठबन्धन ग¥यौं । चुनावमा सफलता पनि हासिल भयो । उहाँहरु र हामीमा भावना पनि मिल्छ । केही नीतिगत कुरा फरक छन् । जस्तो राष्ट्रपतिय प्रणाली, निर्वाचन प्रणाली । यी कुरामा एकआपसमा बसेर टुंगोमा पुग्ने निक्र्यौल गरेपछि पार्टी एकीकरण हुन्छ । File Photo



प्रतिक्रिया दिनुहोस्