Logo

शुल्क फिर्ता गर्न निजी मेडिकल कलेजलाई सरकारको अल्टिमेटम



काठमाडौं, कार्तिक २६ । सरकारले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरूलाई १५ दिने अल्टिमेटम दिएको छ।

निजी मेडिकलहरूले २०७२ र २०७५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बढी रकम फिर्ता वा समायोजन नगरे ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।

मन्त्री पोखरेलले १५ दिनको अल्टिमेटमपछि कानुनी प्रक्रिया अपनाउन गृहमन्त्रीसँग छलफल गरेको जानकारी गराएका छन।

मनोमानी शुल्क लिएका निजी मेडिकल कलेजहरूले शुल्क फिर्ता नगर्ने चेतावनी दिइरहेको अवस्थामा मन्त्री पोखरेलले १५ दिनभित्र कार्यान्वयन नभए कारबाही गर्ने चेतावनी दिएको बताए।आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्