Logo

सचिवालयका सबै सदस्य मंसिर एकदेखि औपचारिक रुपमा हटने पक्का



काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको सचिवालयका सबै सदस्यलाई एक मंसिरदेखि औपचारिक रुपमा हटाउने पक्का भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयका धेरै सदस्यलाई सिधा राजीनामा गर्नका लागि बाध्य बनाई नयाँ सचिवालय गठनको तयारीमा छन्।साढे दुई बर्षसम्म प्रधानमन्त्रीको आसपासमा रहेका र समन्वय गरेका सबै सदस्यलाई एकाएक हटाउनुका विविध कारण रहेका छन् ।

एक जना नेताका अनुसार सरकारका प्रतिनिधि, पार्टीका नेता र प्रधानमन्त्रीबारेका कतिपय सूचना नै बाहिर गलत दिने, प्रधानमन्त्रीका नाममा आर्थिक लाभ लिने गरेको सूचना पहिलो कारण हो ।

प्रधानमन्त्री ओलीका तर्फबाट दिइने विभिन्न प्रकारका स्पष्टीकरणमा पनि सही सूचना नजाने, तथ्यबाहिरका विषय धेरै प्रचारमुखी गराइएको तथा सचिवालयका प्रमुखदेखि नै सबैको आलोचनाले प्रधानमन्त्री बदनाम भएपछि फेर्ने निधो गरिएको आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्