Logo

यस्तो छ नेकपा सचिवालय बैठकको निर्णय



काठमाडौं, कात्तिक २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठान पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार बसेको बैठकले यो निर्णय गरेसँगै पार्टी एकीकरणले पूर्णता पाएको छ । बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगमा अमृतकुमार बोहरा तथा सचिवमा अशककुमार रोकाय लाई चायन गरेको छ । त्यस्तै केन्द्रीय लेखा आयोगमा पुष्प कडेल तथा सचिवमा टेकेन्द्र आचार्य चयन भएका छन् ।

त्यस्तै केन्द्रीय सल्लाहकार समितिको केशब बडाल र सचिबमा नन्दकुमार थापा रहेका छन् । निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधब पौडेल, ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्