Logo

संगठनलाई धोका दिएको भन्दै मेजरलाई ६ महिना कैद



काठमाडौं,कार्तिक २६ । नेपाली सेनाले विदेश अध्ययनपश्चात पूर्वसर्तअनुसार संगठनमा हाजिर नभएको भन्दै प्राविधिक सेनानी मेजर रामचन्द्र तिवारीलाई कारबाही गरेको छ। जंगी अड्डामा गठित समरी जनरल सैनिक अदालतले उनलाई ६ महिना कैद सजाय सुनाएको हो।

प्राविधिक सेनानीका रूपमा कार्यरत तिवारीले ०७३ मा दुई वर्ष बेतलवी बिदामा अध्ययनका लागि जापान गए पनि सर्तअनुसार हाजिर नभएको भन्दै सेनाले उनलाई कारबाही अघी बढाएको हो। आफूखुसी भगौडामा परेका उनलाई सेनाले गत भदौ ८ गते पक्राउ गरेको थियो। उनलाई सैनिक ऐन २०६३ अनुसार कारबाही गरिएको सेनाले जनाएको छ।

सेनानी तिवारीले नेपाली सेनाबाट प्राप्त हुने सेवासुविधा तथा सहुलियत लिईसकेपछि आफूअनुकूल जिम्मेवारी नपाएको भन्दै सैनिक संस्थालाई आरोप लगाउदै अर्को संस्थामा काम गरेको सेनाको अरोप छ।

सैनिक अदालतले तिवारीले नेपाली सेनामा कार्यरत अवस्थामा नै थापाथली इन्जिनियरिङ क्याम्पसमा विभागीय स्वीकृति नलिई व्यक्तिगत आर्थिक फाइदा हुने काम गरेको जनाएको छ। नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्