Logo

वाणिज्यदूतहरूको क्षेत्रीय सम्मेलन सुरु



काठमाडौं, कात्तिक २६ । अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसीसी–एन) र अवैतनिक वाणिज्यदूतहरूको विश्व महासंघ (फिकाक) को क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा शुरू हुँदै छ ।

चार दिने सम्मेलनको नारा ‘साझा समृद्धिका लागि ऐक्यबद्धता’ तय गरिएको छ । सो अवसरमा झण्डै एक सय देशका महावाणिज्यदूत सहभागी हुँदै छन् । नेपालको विद्युत, पर्यटन, उद्योग व्यवसायमा वैदेशिक लगानीलाई प्रोत्साहन गर्न सम्मेलन महत्वपूर्ण हुने बताइएको छ ।

कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । फिकाकका अध्यक्ष डा. अकुट इकेन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि कार्यक्रममा सम्बोधन गर्नेछन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्