Logo

बोलिभियाली निवर्तमान राष्ट्रपतिलाई मेक्सिकोमा शरण



बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरल्स मेक्सिकोमा राजनीतिक शरण लिने भएका छन् । मानवताका आधारमा मेक्सिकोले उनलाई शरण दिने निर्णय गरेपछि त्यसलाई स्वीकार गरेका थिए ।

मोरल्सले आफू देश छाड्नुपर्ने अवस्था आउँदा निकै दुःखी भएको बताएका छन् । उनले झन् बढी ऊर्जा बोकेर स्वदेश फर्कने वाचा समेत गरेका छन् । यसअघि मोरल्सले रुसमा शरण मागको चर्चा चलेको थियो ।

मोरल्सले सेनाको दबाबपछि पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा घोषणा गरेका थिए । वामपन्थी मोरल्स बोलियभयिाको पहिलो आदिवासी राष्ट्रपति हुन् । मोरल्सले आफूले दबाबमा आएर राजीनामा दिएको ट्वीट गरेका थिए ।

राजीनामापछि मोरल्सलाई पक्राउको तयारी भएको छ । यसको जानकारी मोरल्स स्वयंले ट्वीटमार्फत् गरेका छन् । उनलाई पक्राउ गर्नेबारे प्रहरी अधिकारीले सार्वजनिक रुपमा बोलेपछि देश छाड्न लागेका हुन् ।
मोरल्स गत हप्तामात्र एउटा खतरनाक दुर्घटनाबाट बचेका थिए । उनी चढेको हेलिकोप्टर केही मिनेटमै इन्जिन खराबीका कारण आकस्मिक अवतरण भएको थियो । मोरल्समाथि हत्याको प्रयास भएको चर्चा चलेको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्