Logo

जंगलमा बसेर अश्लील भिडियो बनाउने समुह पक्राउ



काठमाडौं,कार्तिक २६ । योजनाबद्व तरिकाले लुटपाट गर्दै आएको एक समुहलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ३ खमारीको जंगलमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लुटपाटमा संलग्न तुलसीपुर उपमहानगरपालिका ३ खमारीका १९ बर्षीय विमल वली, सोहि ठाँउका १९ बर्षीय नवीन नेपाली र २६ वर्षीय दजबहादुर खत्री पक्राउ परेका प्रहरीले जनाएको छ ।

अन्य दुई जना भने फरार रहेका छन् । प्रहरीका अनुसार लुटेराहरुले हतियार देखाएर तुलसीपुरका एक युवक र एक युवतीलाई अपहरण गरि अश्लील भिडियो बनाउनुका साथै उनीहरुका साथमा रहेको सामाग्रीसमेत लुटेर भागेका थिए । पक्राउ परेकाहरुमाथी अनुसन्धान भई रहेकोे प्रहरीले जनाएको छ ।गोरखापत्रले खवर लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्