Logo

नक्कली साक्षी खडा गरिएको जिकिर



रौतहट,कार्तिक २६ । बाह्र वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका सांसद मोहम्मद  आलमपक्षीय कानुन व्यावसायीले आलमको बचाउका लागि बहस गर्दै बमकाण्ड घटना नै काल्पनिक भएको जिकिर गरेका छन्। रौतहट जिल्ला अदालतमा भएको तेस्रो दिनको बहसका क्रममा प्रतिवादीतर्फका कानुन व्यवसायीले सरकारले कृत्रिम वारदात खडा गरी आलमलाई फसाउन खोजेको जिकिर गरेका हुन्।

रौतहट जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा सोमबार वरिष्ठ अधिवक्ताद्वय शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित कानुन व्यवसायीहरू सुनिल पोखरेल, कृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारीले राजपुरमा बम बिस्फोट नै नभएको जिकिर गरे। आलमको गाउँ राजपुर फरहदवास्थित इद्रिसको गोठघरमा कुनै घटना नै नभएको सन्दर्भमा सरकारले आलमलाई फौजदारी कसुरमा फसाउन नक्कली वारदात, साक्षी तथा प्रमाण खडा गरिएको उनीहरूको तर्क छ।नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्