Logo

थपिँदै ६३ सीमा चौकीः भारततर्फ ५९, चीनतर्फ ४



काठमाडौं, कार्तिक २६ । सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल एपीएफको बोर्डर अब्जर्भर पोस्ट बीओपी राख्ने भएको छ । भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको हो ।

अहिले भारततर्फ नेपाली सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टरको नेतृत्वमा ३५ जना रहने गरी १ सय ७ वटा बीओपी छन् । चीनसँग सीमा जोडिएका नाकामा सशस्त्रको स्थायी बीओपी छैन ।

सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी–केरुङ र मुस्ताङको कोरला नाका सुरक्षामा जिल्लास्थित सशस्त्र प्रहरी खटिँदै आएको छ । अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङरलिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ ।कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्