Logo

‘देहिजाँत’को मेला हेर्न लाखौ दर्शनार्थी भेला (फोटोफिचर)



डडेल्धुरा, कार्तिक २६ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ मध्येको एक उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज भइरहेको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्ने गरेको छ ।


उक्त मेला भर्न विहानैदेखि हजारौ मानिस भेला भएका छन् । छचोडा, दुमडा र जिलोडा भ्राण भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने गरेको छ ।

जिल्लाा सदरमुकामबाट चार किलोमिटरको दुरीमा रहेको उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलालाई स्थानिय भाषामादेहिजाँतको रूपमा मनाउदै आएका छन् । मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेका छन् ।

मेलामा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य बस्तु बिक्री तथा वितरणमा उग्रतारा मेला व्यवस्थापन समितिले रोक लगाएको छ । जिल्लामा दशै सुरु भएसंगै विभिन्न देवि–देवताको पुजाँको रुपमा मनाईने मेलाहरु लाग्न सुरु हुने गरेको छन् ।

 

केहि दिन पहिले मात्रै जिल्लाकै दोस्रो ठूलो मानिने बडाल जाँत सम्पन्न भएको छ भने अर्काे शक्तिपिठको रुपमा प्रशिद्व नवदुर्गाे मेला ठिक एक महिनापछि आजकै तिथिमा हुने छ ।



प्रतिक्रिया दिनुहोस्