Logo

दिशा सलमान एकसाथ



अभिनेत्री दिशा पटानी र सलमान खान एकसाथ पर्दामा देखिने भएका छन् । ‘राधे’ फिल्ममा सलमान खानको जोडी भएर अभिनेत्री दिशा पटानी आउने भएकी हुन् । सलमासँग दिशाको यो दोस्रो फिल्म हुनेछ ।

यसअघि भारत फिल्ममा सानो भूमिका देखाएकी दिशाका लागि बलिउडमा राधेले युटर्न गराउन सक्ने अनुमान गरिएको छ । इन्साअल्लाह फिल्लको सुटिङ्ग नै छाडेर सलमान राधे फिल्मको निर्माण कार्यमा जुटेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

त्यसका लागि दिशासँग साइन भइसकेको र सुटिङ्ग फ्लारमा फिल्म पुगेको बताइएको छ । प्रभु देवाको निर्देशन रहने फिल्ममा अर्को कलाकार रणदिप हुड्डा पनि रहने बताइएको छ । आगामी इदका लागि सलमानले यो प्रोजेक्टलाई अगाडि बढाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्