Logo

एकै दिन जन्मिएका ४ दिदीबहिनीको एकै मण्डपमा विवाह



एजेन्सी । भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह हुने भएको छ । एक भाइसमेत रहका ४ जना दिदीबहिनीको एकै मण्डपमा विवाह हुने खवर अहिले भारतीय सञ्चार माध्ययममा भाइरल बनिरहेको छ ।

उनीहरु पाँच जना एकै दिन जन्मेका थिए । स्थानिय अस्पतालमा जन्मेका चार दिदीबहिनी मध्ये उथराजा, उथारा, उथम्मा, उथरा र उनका भाई उथराजनको जन्म सन् १९९५ नोभेम्बर १८ गते भएको थियो ।

उनीहरुको आमालाई मुटु सम्बन्धि रोगले च्यापेपछि उपचार गराउदा गराउदै आर्थिक अभावले उनका बुवाले आत्महत्या गरेका थिए । घरको मुलि गुमाएपछि परिवारको जिम्मा विमारी आमाको हातमा आउदा उनीहरुले आमालाई सघाउदै आफ्नो पढाईलाई निरन्तरता दिएका थिए ।

लामो संघर्षले परिवारको अवस्था सुधार गर्न अगाडी बढेको उनीहरु अहिले एक जना युवती फेसन डिजानर, एक जना पत्रकार तथा दुई बहिनी ुएनेस्थेसिया टेक्निसियनको रुपमा काम गर्दे आएका छन् । उनका भाई भने सप्टवेयर इन्जिनियरको रुपमा काम गरिरहका छन ।



प्रतिक्रिया दिनुहोस्