Logo

भारतको विरोध गर्नेलाई यादवले दिए मुखभरिको जवाफ (भिडियोसहित)



काठमाडौं, २६ कात्तिक । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भारतसँग सिमा विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

वर्तमान सरकारसँग स्पष्ट बहुमत भएकोले भारतसँग कुटनीतिक रुपमा यसको समाधानको लागि पहल गरिनुपर्ने उनको भनाई छ। सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो । उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।

‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’–यादवले भने,‘देशको भूमी रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भिरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’ पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि सुनाए । उनले भने,‘यो सरकारलाई अवसर र चूनौति दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’



प्रतिक्रिया दिनुहोस्