Logo

मुकुनको “बुलबुल” पछि “अन्तरे”



चलचित्र “बुलबुल” बाट चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र “अन्तरे” मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको चलचित्रमा उनले प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । “बुलबुल” मा चोपेन्द्रको भूमिकामा देखिएका मुकुन अब अन्तरेको भूमिकामा प्रस्तुत हुने भएका छन् ।

मुकुनले आफ्नो समय र टिम दुवै मिलेको हुँदा चलचित्रमा आवद्द भएको जनाएका छन् । आफूले चलचित्रको सम्पूर्ण स्क्रिप्ट पढेको र स्क्रिप्टमा लेखिएको पुरै चलचित्रमा देखाउन मिल्ने हुँदा “अन्तरे” नेपालमा चाहिएको जस्तै चलचित्र बन्ने पनि उनले उल्लेख गरेका छन् ।

चलचित्रमा भएका विभिन्न चरित्र निर्वाह गर्न सक्ने अन्य कलाकारहरुको छनोट काम भइरहेको छ । यस वर्षको फागुनको पहिलो सातबाट चलचित्रलाई फ्लोरमा लाने तयारी भइरहेको चलचित्र निर्माता राज पण्डितले जनाएका छन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्