Logo

हृदय रोगका लागि लाभकारी तरकारी



हृदय रोग जटिल किसिमको रोग हो । यस्ता प्रकारका रोग लागेमा मानिसले खानपानमा नियमीत रुपमा ध्यान दिन जरुरी रहेको छ । हाम्रो भोजनमा यस्ता धेरै तरकारी एवं सागहरु पाइन्छ जसले दिन प्रतिदिन हृदय रोगहरुबाट बचाउन मद्यत गर्दछ ।

१) प्याज : यसको प्रयोग सलादको रुपमा समेत गर्न सकिन्छ । यसले हृदय कमजोर भएका डरपोक व्यक्तिहरुको धड्कन बढेर हृदयघात हुने व्यक्तिहरुका लागि लाभदायक छ ।

२) टमाटर : यसमा भिटामिन सी, बिटाकेरोटिन, लाइकोपिन, भिटाकिन ए एव. पोटासियमको मात्रा प्रचुर हुने भएकाले यसको प्रयोग गर्ने व्यक्तिहरुमा हृदय सम्बन्धी समस्याको खतरा हुँदैन ।

३) लौका : यसको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्दछ । ताजा लौकाको रसमा पुदिनाको पत्ता अथवा तुलसकिो प्रत्ता मिसाएर दैनिक दुई पटक खान सकेमा शरीरलाई स्फूति राख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्