Logo

हेल्मेट लगाएर जागिरको रक्षा



हेल्मेट लगाए कर्मचारीले काम गरेको भन्ने सुन्नुभएको छ ? यस्तो घटना भारतको उत्तरप्रदेशमा भएको छ । उत्तर प्रदेशको बांदस्थित बिजुली विभागमा यस्तै दृश्य देख्न पाइन्छ । यहाँ काम गर्न सबै कर्मचारी भवनभित्र हेल्मेट लगाएर काम गर्छन् ।

खासमा यस बिजुली विभागको छत अघिकांश समय फुटेर झर्ने गर्दछ । विगत दुई वर्षदेखि यसको स्थिति यस्तै छ । त्यसैकारण कर्मचारीहरुले आफ्नो ज्यानको सुरक्षाको लागि हेल्मेट लगाउन बाध्य छन् ।

कमृचारीका अनुसार, यस भवनकाृ छथतको अवस्था जर्जर छ र कुनै बेला खस्न सक्छ । यसबारे सम्बन्धित अधिकारीलाई जानकारी गराइएपनि कुनै कारबाही भने भएको छैन । Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्