Logo

विश्व सुन्दरी मानुषीसँग सैफको रोमान्स



सन् १०१७ की विश्व सुन्दरी मानुषी छिल्लरले अभिनयमा डेब्यू गर्ने भएकी छिन् । अली अब्बास जफरले निर्देशन गर्न लागेको वेभ शो ‘ताण्डव’ बाट उनले अभिनय यात्रा सुरु गर्न लागेकी हुन् । शोमा सुन्दरी मानुषीलाई अभिनेता सैफ अली खानसँग जोडी बाँधिएको जनाइएको छ । मानुषी र सैफलाई एकसाथ रोमान्स गर्दै शोमा देख्न पाइनेछ ।

सैफ अली खान पहिला नै यस शोका लागि मुख्य भूमिकामा चुनिएका थिए । मानुषीले उक्त शोका लागि यशराज स्टूडियोमा लुक टेस्ट गराएकी थिइन् । २०२० मा रिलिज हुने गरी शोको शूटिङ केही महिनाभित्र नै सुरु हुने जनाइएको छ ।

यो वेभ शो अमेरिकी राजनीतिमा आधारित शो ‘हाउस अफ काड्र्स’ बाट अभिप्रेरित हुनेछ । तर, यो शो भारतीय राजनीतिमा आधारित छ ।



प्रतिक्रिया दिनुहोस्