Logo

यसरी बन्यो सुन र हीराको शौचालय



चीनमा हालै भएको मेलामा एउटा शौचालयको कमोड प्रस्तुत गरियो जुन सुनबाट निर्मित थियो । अझ अचम्मको कुरा के हो भने यो कमोड सुनले र ३३४.६८ क्यारेटको ४०,८१५ हीराको प्रयोग गरेर बनाइएको थियो । यस्तो विचित्रको शौचालयको हङकङ्गको अरोन शुम ज्वेलरी फर्मका लागि कोरोनेटल डिजाइन गरेका थिए ।

यसको मूल्य करीब १४ करोड रहेको छ ।  शौचालय बुलेट प्रुफ पनि हो । अरोन शुम ज्वेलरीका अनुसार, यस कमोडमा सबैभन्दा बढी हीरा जाडिएको कारण यसलाई गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन लागि प्रयास रहेको बताइएको छ ।

यो भन्दा पहिले पनि ४०० क्यारेट हीराले बनाइएको एउटा गितार र १० हजार गुलावी हीरा जोडिएका जुत्ता बनाइएको थियो । हीरा जोडिएको गितारको मूल्य २२ करोड थियो भने जुत्ताको मूल्य ४८ करोड थियो । यिनलाई पनि चाइना इन्टरनेश्नल इम्पोर्ट एक्सपोमा पेश गरिएको थियो । –साँघुबाट



प्रतिक्रिया दिनुहोस्