Logo

रावणले कैलाश पर्वत उचाल्नुको रहस्य



राक्षसराज रावण कैलाश पर्वतमा भगवान शिवको आराधान गरिरहेको थिए । केही कयौं वर्ष तपस्या गरेता पनि महादेव प्रशन्न भएनन् । त्यसपछि भगवान रावणले शिवलाई प्रसन्न पार्नका लागि दोस्रो पटकको तपस्या गर्न थाले । तर पनि महादेव प्रसन्न भएनन् । त्यसपछि एक एक गरी आफ्नो नौं ओटा शिर काट्न थाले ।
शिर काट्दै जाने क्रममा रावणले आफ्ना अन्तिम शिर काट्नै लाग्दा महादेव उनको सामुन्ने प्रकट भए । भगवान शिवले काटिएका सम्पूर्ण शिर जोडिदिए र बरदान माग्न भने । रावणले भगवान शिवसँग सबैभन्दा बलवान हुने बर माग्यो ।

त्यसपछि शिवले उसको इच्छा अनुसार बरदान दिए । रावण नतमस्तक भएर भन्न थाल्यो तिमी मसँग लङ्का हिँड । रावणको भनाइ सुनेर शिव संकटमा परेर भन्न लागे ब्राह्मण तिमी शिवलिङ्ग लिएर लङ्का जाउ । तर तिमीले यसलाई जमिनमा राख्न पाउने छैनौ । यदि जमिनमा राख्यौ भने सधैभरी जमिनमा नै स्थिर रहनेछ । त्यसपछि रावण खुशी भयो र शिवलिङ्ग लिएर लङ्का गए ।

रावण धेरै सामर्थशाली थिए । जाँदै गर्दा उसलाई पिसावले धेरै च्यापेका थिए । अचानक एक गोठालो त्यहाँ आइपुगे र रावणले नमस्कार गर्दै शिवलिङ्ग समातिदिन आग्रह गरे। गोठालोले शिवलिङ्ग लिएर रावणलाई पर्खदा पर्खदा धेरै लामो समय बित्यो । धेरै थाकेपछि शिवलिङ्गलाई भुइँमा राखे । शिवलिङ्ग सधैका लागि जमिनमा नै स्थिर भयो ।

रावणले भगवानको लिला बुझ्यो र स्तुती गर्न थाले । इन्द्रादि देवताहरु पनि भगवान शिवको स्तुती गर्न थाले । सबैले विधिपूर्वक शिवलिङ्गको पूजा गरे । जसको नाम वैजनाथ ज्यातिषलिङ्ग राखे । ब्राह्मणहरु खुशी भएर लङ्का गए ।

भगवान शिवले दिएको बरदान नजाने पछि रावण के गर्ला देवताहरु एक आपसमा कुरा गर्न थाले । देवताहरुले नारदलाई रावण भएको ठाउँमा पठाए । नारद लङ्का गए र रावणलाई कैलाश पर्वत उठाउने सल्लाह दिन्छन् । त्यसछि रावणले कैलाश पर्वत उठाएर ल्याउँछन् । यस्तो देखेर शिवले  आफ्नो शक्तिमा घमण्ड गर्ने दुस्ट रावण तेरो अन्त्य गर्ने पुरुष शिवबाटै अवतरीत हुनेछ(रावणलाई श्राप दिए ।-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्