Logo

आँचल मंसिरमा बेहुली बन्दै !



नेपाली अभिनेत्री आँचल शर्माले केही दिन अगाडि मात्र प्रेमको एक वर्ष पुरा गरेकी छिन् । प्रेमलाई यस वर्षको आउँदो मंसिरमा उनले विवाहमा परिणत गर्ने विचार गरेकी छिन् । आँचलले यस वर्ष विवाह गर्ने तयारी भइरहेको जनाएकी हुन् ।

एक वर्षसम्म डा. उदिप श्रेष्ठसँगको प्रेम सम्बन्ध लुकाएर राखेकी अभिनेत्री आँचल आजभोली भने खुल्न थालेकी छन् । उनले आफ्नो प्रेमीसँगको पहिलो भेटदेखि प्रेमीको आनीबानीसम्म सबै खोलेकी अन्तर्वाताहरु अहिले युट्युबमा भाइरल भएको छ ।

आँचल र डा. उदिप विवाहको तयारीमा रहेको जनाइएको छ । तर, विवाहको मिति भने अझै टुंगो लागेको छैन । आँचल कुनै चलचित्रमा व्यस्त नभएको कारण बिहेका लागि मंसिर महिना रोजिएको कुरा बहिर आएको छ ।

डा. उदिप भन्दा अघि आँचलको नाम अभिनेता पलसँग जोडिएको थियो । विभिन्न म्यूजिक भिडियोमा देखिने पलले “नाईं नभन्नू ल ४” बाट एकसाथ आँचलसँग चलचित्रमा अभिनय डेब्यू गरेका थिए । पल र आँचलको जोडीलाई सबैले मन पराएपछि उनीहरुले एकसाथ ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ मा पनि काम गरेका थिए । उनीहरुले साथमा सय बढी भिडियोमा अभिनय गरेका छन् । प्रेम चर्चा चलिरहँदा उनीहरु दुवैले कहिल्यै प्रेम सम्बन्धमा रहेको स्वीकार गरेनन् ।

आँचलले पललाई आफ्नो विवाहको निमन्त्रणा कार्ड पठाउने बाचा गरेकी छन् । पलले पनि आफ्नो फ्यानहरुले आँचललाई गाली गलोज गर्दा आँचल आफ्नो साथी मात्र रहेको र गाली गलोज नगर्न फेसबुकमार्फत् आग्रह गरेका छन् । पलका फ्यानहरुले पललाई धोका दिएको भन्दै आँचललाई गाली गलोज गरेका थिए । Photo Source: Anchal Sharma Facebook



प्रतिक्रिया दिनुहोस्