Logo

भुवनको “मिस्टर नेपाली” अमेरिकामा लोकप्रिय



अमेरिकामा नेपाली चलचित्र “मिस्टर नेपाली” को प्रिमियर सम्पन्न भएको छ । अमेरिकाको टेक्सासमा ९ नोभेम्बर प्रिमियर आयोजना भएको हो । सयौंको संख्यामा उपस्थित दर्शकहरुमध्ये अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् । यो चलचित्रमा अभिनेता भुवन के.सीलाई पहिलो पटक दोहोरो भूमिका निभाएका छन् । यसै चलचित्रबाट उनले करिब सात वर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गरेको छन् ।

अमेरिकामा यो चलचित्रलाई सबै नेपाली रुचाएका छन् । दर्शकहरुले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । कतिपयले विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन सुझाएका छन् ।

देव भुषाल निर्देशित यो चलचित्र नेपालमा भने २९ कात्तिक रिलिज हुनेछ । १२ नोभेम्बरमा अमेरिकाको १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा पनि फिल्मको प्रिमियर हुँदैछ । चलचित्र राष्ट्रियतामा आधारित भएको कारण पहिला विदेशमै प्रिमियर गरिएको हो कि भन्ने अनुमान लगाइएको छ ।

चलचित्र विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । प्रेमराज दाहाल निर्मित फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउतको प्रमुख भूमिका छ । साहिल र कुसुमले यही फिल्मबाट डेब्यू गर्दैछन् । चलचित्रमा निरज कँडेलको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।Photo Source: Filmy Khabar



प्रतिक्रिया दिनुहोस्