Logo

संसारकी सबैभन्दा सुन्दर बालिका



विश्वका धेरै देशमा सुन्दर तथा बुद्धिमान मानिसको खोजीमा प्रत्येक वर्ष अनेक खालका प्रतियोगिता आयोजना गरिन्छ। तर कहिलेकाहीँ प्रतियोगिता नहुँदा पनि दुनियाँकै सबैभन्दा सुन्दर मान्छे भेटिँदा रहेछन् । हालै रुसमा एकजना यस्ती बालिका फेला परेकी छिन् । जसलाई संसारकै सबैभन्दा सुन्दर बालिका भन्न थालिएको छ ।

६ वर्षकी ती बालिका चार वर्षको उमेरदेखि नै मोडलिङग गर्न थालेकी हुन् । यी बालिकाको नाम यलिना यकूपोवा हो । उनी ६ वर्षको उमेरमै सेलिब्रेटी बनिसकेकी छिन् । उनको इन्स्टाग्राममा हजारौँ फलोअर पुगिसकेका छन् । उनका फ्यान केवल रुसका मात्र नभई अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशका पनि थुप्रै छन् ।

उनका फ्यानले उनलाई विश्वकै सबैभन्दा क्य्ट बच्चीको उपाधि दिइरहेका छन् । उनका तस्बिर हेर्दा पनि उनी साच्चै क्युट देखिन्छिन् । रुसको मस्कोवासी यलिनाले अहिले सम्म कैयौँ फेसन क्यापेनमा भाग लिइसकेकी छिन् । उनले बच्चाका कपडाको चर्चित ब्राण्ड मोनालिसा किड्स र ग्लोरिया जिन्सका लागि बिज्ञापन गर्छिन् । Photo Source : Youtube



प्रतिक्रिया दिनुहोस्