Logo

ऋतिकलाई मन पराएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या



भारतीय मिडियाले न्यूयोर्क सहरमा एक भारतीय युवकले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै श्रीमतीको हत्या गरेको जनाइएको छ । ३३ वर्षीय दिनेश्वर बुधिदतले आफ्नो २७ वर्षीय श्रीमती डोन्ने डोजोइलाई छुरी प्रहार गरेर हत्या गरेको हुन् । डोन्ने बार–टेन्डरको रुपमा काम गर्थिइन् । उनी अभिनेता ऋतिक रोशनको ठूलो फ्यान थिइन् ।

अभिनेता ऋतिकलाई मन पराएको भन्दै ईष्र्यालु श्रीमानले श्रीमतीको हत्या गरेर आफु पनि रुखमा झुण्डिएर आत्महत्या गरेको न्युयोर्क पोस्टले जनाएको छ । दिनेश्वरले श्रीमतीको बहिनीलाई म्यासेज गर्दै डोन्नेलाई मारे, अपार्टमेन्टको साँचो एउटा फूलको भाँडोमा भेटिने निर्देशज दिएका थिए ।

डोन्नेको साथीहरुले मृत्युपछि उनी ऋतिकको ठूलो फ्यान भएको र उनको श्रीमान अति ईष्र्यालु भएको जानकारी पोस्टलाई दिइएको जनाइएको छ । साथीले डोन्नेले ऋतिकको गीत फिल्म कुनै हेरेको उनको श्रीमानले ईष्र्या गर्ने र मन नपराउने पनि उल्लेख गरेकने छ । Photo Source: Newyorkpost



प्रतिक्रिया दिनुहोस्