Logo

मन्त्रिमण्डल छिट्टै परिवर्तन हुँदैन-केशव बडाल, नेता, नेकपा



काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले सरकारमा मन्त्रिमण्डलको हेरफेरबारे खुलासाहरु गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
नेकपाको एकता प्रक्रिया टुंगियो ?
एकता प्रक्रियाको मुख्य विषय टुंगियो । सबै टुंगियो भन्दिँन । अब पोलिट ब्युरो बन्न बाँकी छ ।
केपी ओली र प्रचन्डको भागबन्डा सकियो हो ?
भागबन्डा भन्ने शब्द मलाई मन पर्दैन । पार्टी निर्माणको गतिशीलतालाई अगाडि बढाउनको निम्ति साथीहरुले विभिन्न जिम्मेवारी पाउनुभएको छ । सदस्य परिषद्मा बढी २२० जनासम्म सदस्य तय गर्न सकिन्छ । केन्द्रीय कमिटिको ५० प्रतिशत नबढ्ने गरी यो काम बाँकी छ । म काठमाडौं गएर अगाडि बढाउन कोशिश गर्दछु । अरुको त ठूलो हुँदैन, १०, १५ हुन्छन् । अनुशासन आयोग, निर्वाचन आयोगमा धेरै संख्या हुँदैन । उहाँहरुको पनि तय गर्न बाँकी छ । विभिन्न विभागहरुको केही केही कुरा बाँकी त्यो पनि टुंगो लाग्छ ।
सरकार पुनर्गठन पार्टीसँग छलफल गरेर गर्ने कि प्रधानमन्त्रीले आफ्नै ढंगले गर्ने ?
पहिला त मुख्य रुपमा दुई अध्यक्षबीच सल्लाह हुन्छ । त्यसपछि स्थायी समितिको बैठक पनि बस्न सक्छ । मन्त्रिमण्डल पुनर्गठन गर्ने हल्ला धेरै पहिलादेखि आएको हो । छिट्टै परिवर्तन भइहाल्छ भन्ने लाग्दैन ।
त्यसोभए मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैन ?
मन्त्रिमण्डलमा को राख्ने को नराख्ने भन्ने विषय प्रधानमन्त्रीको अधिकार हो । त्यो पनि उहाँले पार्टीसँग सल्लाह गरेर नै गर्नुहुन्छ ।
प्रधानमन्त्रीले किन सल्लाहकारहरु राजीनामा माग्नुभयो त ?
यो उहाँको आन्तरिक कुरा हो, त्यसमा मैले बोल्न मिल्दैन । प्रधानमन्त्रीले मागेपछि उहाँहरुले राजीनामा दिइसक्नुभयो भन्ने कुरा आएको छ । किन माग्नुभयो भन्ने कुरा मलाई थाहा भएन ।
कालापानी, सुस्ताको कुरा गरिरहँदा ती ठाउँमा तपाईं जानुभएको छ ?
गएको छु ।
लिपुलेकमा पुग्यो भएको छ ?
लिपुलेकमै पुगेको छुइँन । जेहोस् यो विषयमा म जानकारी पनि राख्छु र मैले लेखेको पनि छु । File Photo



प्रतिक्रिया दिनुहोस्