Logo

देव गुरुङसँग महराले आफूमाथि अन्याय भएको भनेपछि…(भिडियोसहित) 



काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले निवर्तमान सभामुख देव गुरुङसँग कानुनी प्रक्रियाबारे छलफल गरेको खुलासा गरेका छन् । उनले महरा र्पुपक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने बताए ।

‘महराजीसँग कानुनी प्रक्रियाबारे छलफल गरेको हुँ,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा गुरुङले भने, ‘उहाँ थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत जान सक्नुहुन्छ ।’ महराले बोलाएर आफू गएको उल्लेख गर्दै स्वास्थ्यवस्था कमजोर रहेको बताए । महराले आफूमाथि अन्याय भएको भनेको हो भन्ने प्रश्नमा उनले त्यसबारे छलफल भएको खुलाए ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरु फेर्ने सम्भावना रहेको उनले बताए । उनले भने, ‘राजीनामा दिलाएर फेर्ने कुरा गर्नसक्नुहुन्छ, मोडल प्रधानमन्त्रीको कुरा हो ।’
नेपाल र भारतबीचको सुगौली सन्धी अनुसार काली नदीको मुहान सीमा हो भनी उल्लेख भएको भन्दै लिम्पियाधुरासम्म नेपालको सीमा भएको बताए । Photo File

हेर्नुहोस् भिडियो

 



प्रतिक्रिया दिनुहोस्