Logo

महाराष्ट्रमा राष्ट्रपति शासन



भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ । कुनैपनि दलले सरकार बनाउन नसकेपछि त्यहाँको संविधान अनुसार राष्ट्रपति शासन लागू गरिएको हो ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष महाराष्ट्रका गभर्नर भगतसिंह कोसियारीले १५ दिनसम्म पनि कुनैपनि दलले सरकार बनाउन आवश्यक बहुमत पुर्याउन नसकेको रिपोर्ट केन्द्रमा पेश गरेपछि राष्ट्रपति शासन लागू गरिएको हो । भारतको औद्योगिक नगरी मुम्बई र पुणे जस्ता शहरहरु रहेको महाराष्ट्रमा विगतमा भारतीय जनता पार्टीको सरकार थियो । यसपटक भाजपाले आवश्यक बहुमत ल्याउन नसकेपछि उसको पुरानो गठबन्धन शिव सेनाले समर्थन गर्न नमानेपछि सत्ताको रस्साकस्सी चलेको थियो ।

भाजपा र शिव सेनाले मुख्यमन्त्रीको दाबी नछाडेपछि कुरा नमिलेको हो । शिव सेनाले आधा आधा मुख्यमन्त्री माग्दा भाजपाले मानेन ।-एजेन्सी File Photo



प्रतिक्रिया दिनुहोस्