Logo

तुलसीपुरमा माछापुच्छ्रे बैंकको शाखा विस्तार



शरद रेग्मी : दाङ, २६ कात्तिक । तुलसीपुरमा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा उद्घाटन गरिएको छ । बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतोको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं पाँचका अध्यक्ष विरेन्द्रकुमार शाहको विशिष्ट आतिथ्यतामा विपी चोकमा शाखाको सोमवार उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख आचार्यले बैंक तथा बैंकका कर्मचारीहरुले सबै तहका उपभोक्तालाई सरल सेवा प्रवाभमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले स्थानीय सरकारहरुले बनाएको नियमानुसारको यहाँका बैँकहरुले काम गर्न नसकेको बताउदै माछापुछ्रे बैंकले नियममा बाधिएर कुना कन्दरामा रहेका जनताहरुलाई सेवा दिनेमा आफु विश्वस्त रहेको बताईन् ।

त्यस्तै, उनले कहीकतै बैँकका कर्मचारीहरु बेईमानी गरेको तथा बैँकका हाकिमहरुले पैसा हिनामिना गरेको खवर सुनिने गरेको बताउदै तुलसीपुरमा त्यस्ता खालको कुराहरु सुन्न नपरोस भन्ने पक्षमा आफु रहेको जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष विरेन्द्रकुमार शाहले बैँकहरुले हुने खानेहरुलाई मात्रै सेवा सुविधा दिएको भन्ने गुणासो आउने गरेको बताउदै सबै उपभोक्ताहरुलाई समान व्यवहार गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले बैँकले जनताहरुको आसा अनुसार सामाजिक उत्तरदायित्व जगाउने खालको सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । प्राईभेट बैँककै कारण तुलसीपुरले आर्थिक कारोवारमा फड्को मारेको बताए । उनले उद्योगी र बैँकहरु एक अर्काको परिपूरक भएको बताउदै बर्षको तिनसय ६५ दिन नै बैँकहरुले सेवा प्रवाह गर्नु पर्ने र व्यापारीहरुका लागी सन्ध्याकालीन सेवा सुरु गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै माछापुछ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले बैँकको लक्ष्य भनेको यहाँको जनतालाई सुविधा र सरल कर्जा दिनु मात्र नभई तुलसीपुरको हरेक क्षेत्र शिक्षा, स्वास्थ्य, महिला उद्यमी एक लाखदेखी पाँच लाखसम्म विना धितो ऋण प्रवाह गर्ने बताए । बैँकहरुबाट कसरी फाईदा लिनसक्ने भन्नेतर्फ स्वंयम व्यक्ति नै लाग्नुपर्ने अध्यक्ष महतोको भनाई थियो । कार्यक्रमको सहजिकरण प्रेम वलिले गरेका थिए । बैँकको देशभर सात लाख बढि ग्राहक रहेका छन ।



प्रतिक्रिया दिनुहोस्